आजदेखि सात दिन सार्वजनिक बिदा

  म्याग्दी न्युज संवाददाता

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ ।

१३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइँत बिहान ११ : ३७ बजे रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार