म्याग्दी रायखोरका देवेन्द्र पुनको रोमनीयामा निधन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–६ रायखोर घर भई हाल रोमनियामा रहनुभएका देवेन्द्र पुनको निधन भएको छ । बैदेशिक रोजगारका लागि ३ महिना अघि मात्रै रोमनिया पुग्नुभएका पुनको टिमिसोरा शहरको भिजेजदिया नजिक बानट मेलन एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापियर नोभेम्वर २ ( हिजो ) निधन भएको हो ।

दिउसो करिव ३ बजेको समयमा आलु फार्ममा काम गर्दा आलु टिप्ने मेसिनको वेल्टमा च्यापिएर पुनको ज्यान गएको जानकारी प्राप्त भएको छ । पुनको निधनको खवरले रायखोर गाउँ शोकमा डुवेको छ । पुनको परिवारमा बाबा आमा, दाइहरु, श्रीमति र एउटा ६ महिनाको सहित दुई छोराहरु रहेका छन । स्व. पुनको शवलाई नेपालमा ल्याउनका लागि पहल भईरहेको रघुगंगा गाउँपालिका –६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

३३ बर्षको कलिलो उमेरमा भएको पुनको निधन प्रति म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिले दुख व्यक्त गरेको छ । विहिवार मोना आईईसीका महासचिव हरि राम्जाली र अध्यक्ष अमर छन्त्यालले शोक वक्तव्य जारी गर्दै मृतकको पुनको घटनाको यथार्थ विवरण लिन, विमा तथा आवश्यक क्षतिपूर्तिको लागि कम्पनीमा माग गर्न र मृतक पुनको शवलाई यथासक्य नेपालमा ल्याउनका लागि पहल गर्न मोना रोमनियालाई अनुरोध समेत गरिएको छ । साथै मोना अन्तराष्ट्रिय कार्यसमितिले पनि आवश्यक सहयोग तथा समन्वय गर्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार