जनप्रिय माविको नवनिर्मित भवन उद्घाटन (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन उद्घाटन गरिएको छ ।गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उद्घाटन गरिएको हो ।

नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै उहाँले भवन निर्माण भएपछि पठनपाठनमा थप सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । समयमै सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गर्न सहयोग पु¥याउने क्याप्टेन घर्ति मगर ,गोर्खा वेलफेयर ट्रष्टका कर्मचारी ,विद्यालय लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । पुर्वाधार निर्माण भएपछि भविष्यमा दरबाङ ,ग्रामिण भेग सहित समग्र म्याग्दीबासीलाई फाइदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विद्यालय भवन निर्माणको लागि सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै विद्यालयमा भवन संरक्षण ,थप भौतिक पुर्वाधार निर्माण र शैक्षिक क्षेत्रको थप विकास गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले भवन निर्माण भएपछि पठनपाठनमा ठुलो टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भौतिक पुर्वाधारको संरक्षण तथा सुधार गर्न विद्यार्थी ,अभिभावक ,विद्यालय र गाउँपालिकाको दायीत्व भएको बताउनुभयो । गाउँपालिका भित्रका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धी गर्न गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले विद्यालयमा किताबी ज्ञान मात्र नभई विद्यार्थीलाई व्यवहारीक र प्राविधिक ज्ञान हुन जरुरी रहेको बताउनुभयो ।

निवतर्मान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले आफ्नो कार्यकालमा सामुदायीक विद्यालयको शैक्षिक क्षेत्रमा सुधार ल्याउने योजना अनुसार जनप्रिय माविको भवन निर्माण गर्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो आग्रहमा सामाजिक अभियान्ता बेलायती सेनाबाट सेवानिवृत क्याप्टेन जितबहादुर घर्ति मगरको सिफारिसमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा भवन निर्माण गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगबाट गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा भवन सहित भौतिक पुर्वाधार निर्माण भएको बताउँदै शैक्षिक क्षेत्रको सुधार र गुणस्तर बृद्धीलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । जनप्रिय मावि जिल्लाकै ऐतिहासिक अग्रणी शैक्षिक संस्था भएको बताउँदै  क्याम्पस  संचालनको लागि आफ्नो कार्यकालमा केही पहल थालिएको सुनाउनुभयो ।


सामाजिक अभियान्ता क्याप्टेन घर्ति मगरले लामो प्रयास पछि जिल्लाकै अग्रणी संस्थाको भवन निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले जिल्लाको पश्चिमी तीन पालिकाबाट विद्यार्थीहरु अध्ययन गर्न आउने भएकोले क्याम्पस संचालनका लागि पहल गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष पथबहादुर रोकाले विद्यालय सम्म आउनका लागि सडक स्तरोन्नती र थप पुर्वाधार निर्माणका लागि वडाले पहल गर्ने बताउनुभयो ।

????????????????????????????????????

प्रोजेक्ट सुपरभाइजर डम्मर थापाका अनुसार ,गोर्खा वेलफेयर ट्रष्टको दुई करोड ५९ लाख ३६ हजार ४८० र विद्यालयको तर्फबाट २२ लाख ८३ हजार २३६ रुपैयाँ गरी कुल दुई करोड ८२ लाख २० हजार ६१६ रुपैयाँमा भवन निर्माण गरिएको हो । गोर्खा वेलफेयर ट्रष्टका डिप्युटी फिल्ड डिरेक्टर यामबहादुर राना मगरले संस्थाले देशभर तीन हजार भन्दा बढी विद्यालय भवन निर्माण गरेको जानकारी दिनुभयो । ग्रामिण भेगका विद्यार्थीलाई प्राथमिकता दिएर संस्थाले सहयोग गर्दै आइरहेको बताउनुभयो ।

????????????????????????????????????

उहाका अनुसार ,संस्थाले नेपालमा खानेपानी ,विद्यालय र मेडिकल क्याम्पहरुका लागि सहयोग गर्दै आइरहेको छ । विद्यालयका प्रअ दिवाकर सुवेदीले सुविधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको बताउँदै भवन निर्माणमा सहयोग गर्ने संस्था,पहल गर्ने र गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयमा भौतिक पुर्वाधार निर्माण भएकोले क्याम्पस संचालनको लागि पहल गरिदिन गाउँपालिकालाई आग्रह गर्नुभयो । उहाँका अनुसार ,गाउँपालिकाबाट विनियोजित २५ लाख रुपैयाँ बजेटबाट कम्पाउण्ड वाल निर्माण गरिएकाे बताउनुभयो । सेनेटरी प्याड जलाउने विद्युतिय मेसिन समेत जडान गरिएको छ ।

१६ कोठे भवन सहित बालमैत्री र अपाङ्ग मैत्री समेत शौचालय निर्माण भएको प्रअ सुवेदीले बताउनुभयो । विद्यालयका शिक्षकद्धय बालकृष्ण शर्मा र नगेन्द्र खत्रीले कार्यक्रमको संचालन गर्नुभएको थियो । गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायतलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो । भने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कक्षा १२ सम्म संचालन हुने विद्यालयमा ६५० विद्यार्थी अध्ययनरत छन् ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार