दरबाङमा निशुल्क आँखा शिविर सुरु,४६ जनामा मोतिया बिन्दु भेटियो

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सुरु भएको छ । विहिबारदेखि सुरु भएको शिविरमा २७० जनाले आँखा जचाएका छन् । पहिलो दिन ४६ जना मोतिया विन्दुका विरामी भेटिएका नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका , रोटरी क्लब अफ पोखरा फिस्टेल ,आईसिओ (ICO) फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा उक्त शिविर मंसिर १७ गतेसम्म संचालन हुनेछ । मोतिया विन्दुको शिविरमै निशुल्क शल्यक्रिया गर्ने आयोजकले जनाएको छ ।

जनप्रिय विकास टोल समितिले मोतीया विन्दुका विरामीलाई खाना र बस्नको लागि व्यवस्था गरेको सचिव पुनले बताउनुभयो । उक्त शिविरको उद्घाटन रोटरी क्लबका एसिस्टेन्ट गभर्नर प्रेमप्रसाद शर्माले गर्नुभएको थियो । हिराबहादुर पुनकाे संचालन ,नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सभापति भिमप्रसाद गाैतमकाे स्वागत र गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । हिमालय आँखा अस्पताल पोखराका डा.हरिबिक्रम अधिकारी लगायतले बाेल्नुभएकाे थियाे ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार