राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा जिसी

  म्याग्दी न्युज संवाददाता

बेनी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा धुर्व जिसी चयन हुनुभएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।

अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पदम विश्वकर्मा, महिला उपाध्यक्षमा देबी जि.सी., सचिवमा बिजु केसी, कोषाध्यक्ष मिलन विश्वकर्मा, सह–सचिव सुनिल बानियाँ र सह–कोषाध्यक्षमा नारायण पौडेल सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा बलबहादुर परियार, शंकर पौडेल, जीवन कार्की, तोपबहादर कार्की, रामकुमारी पुन, विजय परियार र राजकुमार परियार चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार