विद्यालय र संघ संस्थाहरुलाई ११ लाख रुपैयाँ बढी सहयोग (तस्विरहरु)

बरंजा । यहाँका एक परिवारले विद्यालयहरुलाई चार लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ३ घर भई हाल बेलायत निवासी शिला थापा ,मंगली पुन ,छोरी प्रमिला थापा र विपना थापाले वडा नम्बर ३ र ४ का आठ वटा विद्यालयलाई चार लाख २१ हजार ६३० रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृति वितरणका लागि उक्त रकम सहयोग गर्नुभएको हो ।

उक्त सहयोग रकम सोमबार मण्डली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा सबै विद्यालयका प्रअहरुलाई हस्तातरण गर्नुभयो । आरती, जनप्रति, शिवालय, जनता, दुर्गा र पखेर आधरभूत विद्यालयलाई प्रति विद्यालय पचास हजार १०५ रुपैयाँका दरले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । मण्डली आधारभूत विद्यालय खानीगाउँलाई एक लाख पाँच हजार रुपैयाँ मुल्य बराबरको ल्यापटप र १६ हजार रुपैयाँ नगद, जनप्रिय आधारभुत विद्यालयलाई १० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउनुभएको छ ।

बरङ्जाको ऐतिहासिक एव सांस्कृतिक धुले मेला पर्व सञ्चालनका लागि स्टेज भवन र शौचालय निर्माण गर्न पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी सोही परिवारले वडा नम्बर ३ र ४ वडाका वन उपभोक्ता समिति ,आमा समुह ,युवा क्लब ,नौमति बाजा समुह लगायतलाई गरी १ लाख ८५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । भने स्थानीय १०५ जनालाई पोशाक वितरण गरिएको छ ।

बरंजामा रहेका ९ वटा आमा समूहलाई १०÷१० हजार रुपैयाँका दरले ९० हजार सहयोग गर्नुभयो । खर्कको जनप्रिय आधारभूत विद्यालय, न्यू स्टार यूवा क्लव र गिरी स्मृति युवा क्लवलाई १०÷१० हजार रुपैयाँ नगद र समाजसेवी आमा समूहलाई २५ हजार रुपैयाँ मूल्य बराबरको भाडा उपलब्ध गराउनुभयो ।बरंजाका ३ वटा नौमति बाजा समूहलाई ३५ हजार रुपैयाँ, आलडाडा सामुदायिक वन उपभोक्ता समूहलाई दश हजार, वाखु आल्टा बिजुली समाजलाई दश हजार रुपैयाँ, भजन मण्डली समूहलाई दश हजार रुपैयाँ र खुरखुरे सेवा समाजलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

हिमाली आमा समूहका ३० जना, चिनाकोट आमा समूहका १०० र समाजसेवी आमा समूहका ७५ जना गरी २०५ जना लाई पोशाक वितरण गर्नुभएको थियो । धुले पर्व संरक्षण तथा भवन निर्माण समितिका अध्यक्ष रणबहादुर रोकाको अध्यक्षता र शिक्षक कृष्णप्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा शिला थापा, मंगली पुन, प्रमिना थापा, विपना थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो । सहयोगदाताहरुलाई बरंजाका बासिन्दाले भब्य स्वागत र सम्मान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार