निःशुल्क स्वास्थ्य शिविरवाट करिब ६ सय बिरामीले सेवा लिए

  म्याग्दी न्युज संवाददाता

सुरेश छन्त्याल
गलकोट । बागलुङको पाण्डवखानीमा सञ्चालित वृहत् निःशुल्क स्वास्थ्य शिविरवाट करिव ६ सय बिरामी लाभान्वित भएका छन् । जिल्लाको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा शनिबार सम्पन्न वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय बिरामीले सेवा लिएका हुन् ।रोट्रयाक्ट क्लव अफ गलकोटको आयोजना, गलकोट नगरपालिका, युनिसन व्याण्ड डाँडाखेत, महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको सहयोग तथा फेवासिटी हस्पिटल पोखराको प्राविधिक सहयोगमा पाण्डवखानीमा शुक्रबारदेखि सञ्चालन भएको शिविर आज सम्पन्न भएको हो ।

शिविरवाट पाण्डवखानी,छिमेकी वडा , सिसाखानी, रणसिंहकिटेनी, रिघा, मल्मको टोकरी, झिर्का लगायतका करिव ६ सय बिरामीहरुले सेवा लिएको आयोजकले जनाएको छ । शिविरको समापन समारोहको कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व संविधान सभा सदस्य नर वहादुर पुन निरजले गलकोट नगरपालिकाको दुर्गमको गाउँमा यसरी वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु सह्रानिय कार्य भएको वताउँदै आगामि दिनमा पनि अझै यस्तै खालका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै शिविरको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले गलकोट नगरपालिकाको सवैभन्दा दुर्गमको वडाका जनताहरुलाई लक्षित गरी रोट्रयाक्ट क्लव अफ गलकोटले आयोजना गरेको यस कार्यक्रम निकै सह्रानिय कार्य भएको वताउनुभयो । उहाँले आगामि दिनमा रोट्रयाक्ट क्लव अफ गलकोटले सञ्चालन गर्ने हरेक कार्यक्रममा नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

विहान ७ वजेवाट सञ्चालन भएको शिविरमा विशेषज्ञ चिकित्सकहरु वालरोग विशेषज्ञ डाक्टर हुम प्रसाद न्यौपाने, रेडियोलोजिष्ट डाक्टर आनन्द वहादुर श्रेष्ठ, फिजिसियन ग्यास्ट्रोइन्टरोलोजिष्ट डाक्टर जिवन थापा, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर पदमराज ढुंगाना, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रविमोहन ढकाल, नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम वावु कार्की, फिजिसियन डाक्टर सुदर्शन सुवेदी लगायतले विरामिहरुको जाँच गर्नुभएको थियो ।

त्यस्तै शिविरमा सेवाग्राहिहरुलाई विशेषज्ञ सेवा सहितको नसा तथा हाडजोर्नि, ग्यास्ट्रिक, वाल रोग, रगत तथा पिसाव जाँच, नाक, कान र घाँटी, महिला सम्वन्धी सम्पुर्ण जाँच तथा ईसिजि, भिडियो एक्सरे लगायतका सेवाहरु प्रदान गरिएको कार्यक्रमका संयोजक नविन शर्मा पौडेलले जानकारी दिनुभयो ।त्यस्तै फेवासिटी हस्पिटलका विशेषज्ञ चिकित्सकहरु, पाण्डवखानी स्वास्थ्य चौकि, गलकोट नगरपालिका वडा नम्वर १० लगायतले रोट्रयाक्ट क्लव अफ गलकोटको तर्फवाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार