गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न

  धनिलाल गर्बुजा

गलेश्वर । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९,मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि महिला संघ म्याग्दीकी सभापति एवं गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नुभयाे ।

गण्डकी प्रदेशसभा सदस्य गौचनले जिल्लाबासी सम्पूर्ण मतदातालाई धन्यवाद आभार प्रकट गर्दै म्याग्दीले विकास र परिवर्तन चाहेकाले त्यसलाई पुरा गर्ने वाचा गर्नुभएको छ । ‘चुनावी अभियानका क्रममा जनतासंग गरेका बाचाहरु पुरा गर्न आफु प्रतिवद्ध भएर लाग्ने छौ’, उहाँले भन्नुभयो । राज्यस्तरमा महिलाको पर्याप्त प्रतिनिधित्व नभएको बताउदै प्राप्त हक अधिकारको उपयोग गर्न थप अघिकारका लागि महिलाहरु एकतावद्ध भएर अघि बढनु पर्ने बताउनु भयो । याँहाका गरबि, निमुखा बालबालिका, दलित दिदी बहिनी र जेष्ठनागरिक बृद्ध बृद्धाहरुका लागि अबको एक हप्ता भित्र केही नयाँ कोसेलीका सन्देश लिएर आउने प्रतिबद्धता गर्नु भयो ।

ससस्त्र प्रहरी गुल्म गलेश्वरका डिएसपी प्रदिप थापाले सभ्य समाजको निर्माणमा गलेश्वरधाम आमा समुहको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘समाजमा हुने बिकृती बिसंगती र दुरव्यसनीलाई कसरी सकरात्मक बाटो तिर लैजान सकिन्छ, ससस्त्र प्रहरी संगठन सधै सहकार्य र हातेमाले गर्न प्रतिबद्ध छौ’ ।

प्रहरी चौकी गलेश्वरका इन्चार्ज बिक्रम तिवारीले आफ्नो क्षेत्रको विकास आफैले गर्नु पर्छ भन्ने यहाँको नमुना आमा समुह भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘प्रहरीबाट याहाँहरुको अपेक्षा र सोचेको कामहरुको मूल्याङ्कन गर्दै गलेश्वर प्रहरी चौकी सधै सकरात्मक रहने छ’ । लैङगिक हिंसा नियन्त्रण तथा लागु औषध दुरव्यसनी न्युनीकरण गर्नको लागि महिलाको पनी अहम भुमि रहने र समाजमा व्यापक जनचेतना कार्यक्रम गर्नु पर्ने इन्चार्ज  तिवारीलेबताउनु भयो ।

समुहकी अध्यक्ष फुलकुमारी रोकाले समाजका महिलाहरु अझै पनि चुलोचौकोमै सिमित रहेको भन्दै उनले हरेक क्षेत्रमा उत्साहजन सहभागीताका लागि महिलाहरुलाई घरायसी कामबाट बाहिर निस्कन सुझाव दिनु भयो । समुहकी सह–सचिव नविना केसीले संस्थाको समृद्धको लागि आफुहरु तनमन लगाएर निरन्तर खटेर काम गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा संस्थाको विकासकोलागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

गलेश्वरधमा आमा समुले आयोजना गरेको आर्थिक वर्ष २०७९को देउसी भैलो कार्यक्रममा सहभागी भई उत्कृष्ट नृत्य प्रस्तुत गर्नुहुने समुहकी ८जना दिदी बहिनीहरुलाई हार्दिक अभार प्रकत गर्दै समुहको तर्फबाट मायाँको चिनोले सम्मान सम्मान गरेको थिए । सम्मानित हुनेमा आशिका पुर्जा, मनिता पुन, जविना सुवेदी, विन्दु कार्काी पुर्जा, सम्झना विक, रोण केपी पुन, विना छन्त्याल र हमायाँ गर्बुजा रहेका छन् । त्यस्तै समुहका सकृय सदस्यमा बन्दना श्रेष्ठ, नौकुमरी पाईजा र कुमरी पुन सम्मानित हुनु भएको थियो ।

समुहकी अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षता उपाध्यक्ष बिन्दु कार्कीको स्वागत र सचिव निशा जिसीले सञ्चालन गरेको कार्यक्रममा समहकी अध्यक्ष रोकाले बार्षिक प्रगती प्रतिवेदन तथा भाविकार्यक्रम प्रस्तु गरेका थिए । कोषाध्यक्ष मनु पुनले समुहको ३ लाख ९०४९ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार