धवलागिरी गाउँपालिकाको संशोधित बजेट पारित (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मुनामा सम्पन्न भएको गाउँसभाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको तीन करोड ३४ लाख ११ हजार ६२० रुपैयाँको संशोधित बजेट सर्वसम्मत रुपमा पारित गरेको हो । उपाध्यक्ष पुनले गत आर्थिक बर्षमा खर्च हुन नसकेको मौज्दात बजेट १७ वटा शिर्षकमा विनियोजन गरिएको बताउनुभयो ।

????????????????????????????????????

गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनलाई एक करोड रुपैयाँ,समपुरक विपद् कोषमा ५० लाख रुपैयाँ ,मराङ खानेपानी योजनालाई ७३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताउनुभयो । उहाँका अनुसार , गुर्जा स्वास्थ्य चौकीलाई २३ लाख रुपैयाँ, लुलाङ वडा कार्यालय भवनलाई १२ लाख रुपैयाँ ,लघुजलविद्युत संरक्षणलाई १५ लाख रुपैयाँ ,हिमपाइप खरिद गर्न १० लाख रुपैयाँ,ताकम वडा कार्यालय भवनलाई ७ लाख ५० हजार रुपैयाँ ,खिबाङ–खाम्ला सडकलाई१० लाख रुपैयाँ ३१ हजार ६२० रुपैयाँ ,बाँसबोट मोटरबाटोलाई एक लाख ५० हजार रुपैयाँ ,खानेपानी पाइप खरिदलाई ३ लाख रुपैयाँ ,अध्यक्ष कप खेलकुद प्रतियोगितालाई तीन लाख रुपैयाँ ,लुलाङ आधारभुत विद्यालयलाई ७ लाख रुपैयाँ ,सडक मर्मत १५ लाख रुपैयाँ, शैक्षिक प्रोफाइलको लागि १ लाख पचास हजार रुपैयाँ,म्याग्दी महोत्सवलाई १ लाख र महोत्सवमा खेलाडी सहभागिताका लागि एक लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको प्रशासकीय अधिकृत रिजालले बताउनुभयो ।

????????????????????????????????????

गाउँपालिका अध्यक्ष प्रेम पुनले अधुरा आयोजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो । योजनाहरु कार्यान्वयनलाई तिब्रता दिन कार्यपालिका सदस्य ,गाउँसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । यसैगरी सभाले लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्यौट सम्बन्धी प्रतिवेदन पारित गरेको छ । वडा समितिबाट सिफारिस भएका केही योजनाहरुको शिर्षकान्तर गरिएको छ । चालु आर्थिक बर्षमा विनियोजन भएको ३०.६५ प्रतिशत खर्च भएको लेखापाल तिलक पौडेलले जानकारी दिनुभयो । १२४ वटा योजना मध्ये हालसम्म ८२ वटा योजना सम्झौता भएको र आठ वटा योजनाको अन्तिम किस्ता भुक्तानी भएको योजना शाखाका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार