सातौं म्याग्दी महोत्सवको तयारी पुरा,बेनी बजार बेहुलीझैँ सिङ्गारिए

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ सञ्चालन हुन लागेको हो । बेनी बजारका टोल टोलमा पाहुनाको स्वागतका लागि तुल ब्यानर झुण्डाइ, ध्वजा, पटकाले सजाएर झकीझकाउ पारिएको छ । भने सजावट ,प्रवेशद्धार निर्माणका साथै सरसफाइलगायतका काम पूरा भएका छन् । टोल सुधार समितिहरुले बजार सजावट गरेका हुन् ।महोत्सव स्थल खुल्ला मञ्चमा स्टल लगायतका संरचना निर्माण भएको छ ।

????????????????????????????????????

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सवको आवश्यक तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार,राष्ट्रीय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्नुहुने महोत्सवको उद्घाटन अघि बेनी बजारमा झाँकी सहितको ¥याली निकालिनेछ ।महोत्सवको अवसर पारेर बेनीमा २० वर्षपछि हनुमान नाच देखाउने तयारी भएको नेपाल भाषा मंका खलले जनाएको छ । २६० वटा स्टल तयार पारिएको छ । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुटको सुविधा दिइएको छ ।महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

????????????????????????????????????

स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापारिक ज्ञान सिप, पुजि र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष लीलाराम गौतमले बताउनुभयो ।

हेलिकप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब  दश करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो । किनमेल र मनोरञ्जनका लागि परम्परागत शैलीमा हुदै आएको मेलालाई व्यवस्थित गर्दै पछिल्लो दुई दशक यता महोत्सवमा रुपान्तरण गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार