रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा आइतबार सुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद हरी भण्डारीले उद्घाटन गर्नुभयो । सांसद भण्डारीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेलकुद प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । रघुगंगा गाउँपालिकामा खेलकुदको प्रशस्त सम्भावना रहेको बताउँदै खेलकुदको विकासका लागि पूर्वाधार निर्माण र तालिमको आवश्यकता रहेको सांसद भण्डारीले बताउनुभयो । खेलकुद क्षेत्रको पुर्वाधार निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । भण्डारीले विद्यालयस्तरको शिक्षा र खेलकुदसंगसंगै अगाडी बढाउन स्थानीयतह लगायत सबै जनप्रतिनिधिसंग समन्वय गरेर योजनाबद्ध नीति निमार्णमा प्रदेश सरकारमा प्रभावकारी भूमिका निभाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले स्वस्थ्य, अनुसाशनका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै खेल क्षेत्रलाई मर्या्दिदत, व्यवसायिक र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले रघुगंगामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ्ग शिल्डले सहयोग पु¥याउने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकाल, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका इकाई प्रमुख दलबहादुर थापा, गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुजा , वडा नम्बर २ का वडा अध्यक्ष अमृत भण्डारी ,वडा नम्बर ७ का थक बहादुर पाइजा ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउन पाउने भएकाले अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

लेखाअधिकृत खगराज सुवेदीको संचालनमा भएको कार्यक्रम राष्ट्रियस्तकारका बाल गायक सुप्रिम मल्ल, विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुेन विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत समेत गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार