घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

  म्याग्दी न्युज संवाददाता

घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख १६ गते बिहान १०:३० बजे, सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ किता बराबर २ काे अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गरेर ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोजनमा लगानी गर्ने सञ्चालक समितिको निणर्यलाई समेत अनुमोदन गर्नेछ ।

हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेप्से, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी समेत सभाले प्रदान गर्नेछ । यस्तै सभाले कम्पनीको पूँजी वृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख ७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख ६ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा सहभागि हुने सक्नेछन् । अर्थ संसार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार