कारागारबाट भागेका कैदी पुनः पक्राउ

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । १९ वर्षअघि म्याग्दी कारागारबाट भागेका म्याग्दीका एक जना कैदी पक्राउ परेका छन् । जिल्ला अदालत म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरी गाउँपालिका–३, का ४८ वर्षीय लक्ष्मी प्रसाद बुढा (लक्षीना)लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाका अनुसार ,वि.स. २०६० चैत ७ गते भएको बेनी भिडन्तका क्रममा कारागारबाट भागेका बुढालाई विशेष सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरिएको हो । यही वैशाख २१ गते पक्राउ परेका बुढालाई बाँकी कैद कट्टा गर्नका लागि अदालतको आदेश अनुसार कारागार चलान गरिएको आइतबार जानकारी दिनुभयो ।

बुढालाई वि.स.२०५९ फागुन १५ गते म्याग्दी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । वि।स। २०५७ फागुन १ देखि २०६० चैत ७ गतेसम्म तीन वर्ष दुई महिना ७ दिन कैद भुक्तान गरेका थिए । पुनले थप १७ वर्ष १० महिना २३ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार