जामुनाखर्क माविमा शैक्षिक महोत्सव

  म्याग्दी न्युज संवाददाता

बेनी । “शिक्षा, विज्ञान,प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान”भन्ने मुल नारासहित बेनी नगरपालिका–६, स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ।शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडाले गर्नुभएको हो ।

चार दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सिम्खडाले शैक्षिक महोत्सवले शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन र विद्यार्थीहरुको क्षमता पहिचान गर्नमा सहयोग पुग्ने बताउनुभयो ।उहाँले सरकारी विद्यालयको भौतिकसंगै शैक्षिक गुणस्तर बृद्धि गराउन गण्डकी प्रदेश सरकार जिम्मेवार रुपमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले विद्यालयमा पढाई संगै अतिरिक्तक्रियाकलाप संग जोडिएको शैक्षिक महोत्सवले विद्यार्थीहरुको क्षमतालाई उजागर गर्न सहयोग पुग्ने बताउनुभयो ।उहाँले सरकारी विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार गराउनका लागि तीनतहको सरकारसंग समन्वय गरेर योजनाबद्ध रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यस्तै विद्यालयका प्रध्यानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यालयमा विद्यार्थीहरुले आर्जन गरेको शिक्षालाई ब्यवहारमा उतार्न र प्रतिभाको पहिचान गर्न शैक्षिक महोत्सव आयोजना गरिएको बताउनुभयो ।महोत्सवमा विद्यार्थीहरुको क्षमताअनुसार प्रतियोगितामा सहभागिता गराउने उद्देश्यले चित्रकला, बृद्धिचाल, नृत्य, खुल्ला कविता, भजन, मोटिभेसनलकलास, हाजीरजवाफ, वक्तृत्वकला र विद्यालयस्तरको विज्ञान तथा शैक्षिक सामाग्रीप्रदर्शनी गरिने बताउनुभयो ।

महोत्सवको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनीनगरपालिकाका मेयर सुरत केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीको अध्ययक्षता, सुवेदीको, प्रअ ढुंङ्गाना र समितिका सदस्यध्रुवराज सुवेदीको स्वागत र शिक्षक मदन सुवेदीको संचालनमा भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, ब्यवस्थापन समिति, शिक्षक, अभिभावक, सहयोगदाता, आमासमुह र विभिन्न विद्यालयका विद्यार्थी लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार