एसईईमा प्रकाश माविका समीर सुवेदी ४ जिपिए सहित सर्वोकृष्ट

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसईई)को नतिजामा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याउनु भएको छ ।

उहाँले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनुभयो ।शिक्षा विकास तथा समन्वय इकाइका ईकाई प्रमुख दलबहादुर थापाले यस बर्षको एसईई परीक्षामा म्याग्दीबाट सहभागि विद्यार्थीमध्ये प्रकाश माविका सुवेदीले ४ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको बताउनुभयो । एसईईमा सहभागि एक हजार ९०७ जना विद्यार्थीमध्ये ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २१ रहेको छ ।

त्यस्तै ३.२ देखि ३.६ ग्रेड ल्याउने ६१ जना २.८ देखि ३।२ ग्रेड ल्याउने एकसय ७७ जना, २.४ देखि २.८ ग्रेड ल्याउने तीनसय ८१ जना र २.० देखि २.४ ल्याउनेको संख्या पाचँसय ८० रहेको छ । १.६ देखि २.० देखि ग्रेड ल्याउने संख्या चार सय ९७ जना रहेका छन् भने १.२ देखि १.६ ग्रेड ल्याउने एकसय ६८ जना रहेका छन् । ०.८ देखि १.२ ल्याउने ३ जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार