साउनको पहिलो सोमबार गलेश्वरमा ३ लाख ६५ हजार भेटी संकलन

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ६५ हजार ६४५ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो ।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा गनेर सार्वजनिक गरिएको कोषाध्यक्ष रोकाले जानकारी दिनु भयो ।

दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । यस वर्षको साउन महिनामा ५ सोमबार परेकाले अन्य सोमबार समेत भक्तजनको भिड लाग्ने अनुमान गरिएको कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार १०२ सदस्यीय मुल तयारी व्यवस्थापन समिति र विभिन्न २३ वटा उपसमितिले पुजापाठ र मन्दिरको दर्शन गर्न भक्तजनहरुलाई सहज व्यवस्थापन मिलाएका छन् । ‘भक्तजनको सहजताका लागि प्रवेशद्धारदेखि मन्दिरका विभिन्न स्थानमा स्वयमसेवक तथा सिसीक्यामेराले समेत निगरानी गरिएको छ’ उहाँले भन्नु भयो ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालिगण्डकी नदीबाट जल स्नान गर्ने ब्यवस्था मिलाइएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनु भयो ।

कालीगण्डकीको किनारवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार