गलेश्वर मन्दिरमा साउन महिनामा ९ लाख बढी भेटि संकलन   

बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब  ९ लाख रूपैयाँ भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले ९ लाख २७ हजार २३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिनाको पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, रुपैयाँ, दोस्रो सोमबार ९६ हजार १४१ रुपैयाँ, तेस्रो सोमबार  १ लाख ४१ हजार ९५६ रुपैयाँ र चौथो सोमबार १ लाख ४४ हजार ७९१ रुपैयाँ भेटि संकलन भएको कोषका कोषाध्यक्ष कुमारी रोकालेजानकारी दिनुभयो

साउन महिनाको सोमबार लाग्ने मेलामा करिब ८० हजार जना भक्तजनले दर्शन र पुजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

जिल्ला प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लव र आमा समूहका स्वमसेवकको सहभागितामा पुजालाई व्यवस्थित गरिएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाहरु र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा जल चढाएमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टनजमाथि अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ ।

द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको धार्मिक इतिहाँस छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार