मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा खड्का (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का चयन हुनुभएको छ । शनिबार सम्पन्न भएको संघको पाँचौ महाधिवेशनबाट खड्का सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६,घार पुख्र्यौली थलो भएका खड्का यसअघि वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गर्नुभएको थियो ।

निर्वाचन समितिका संयोजक तेजप्रकाश पुनका अनुसार कार्यकारी समितिको उपाध्यक्षहरुमा सुर्जे भट्टचन,ई.नन्द गर्बुजा ,हरि राम्जाली ,दिपक कार्की ,किसान जिसी ,महिला उपाध्यक्षमा विष्णु बानियाँ ,महासचिवमा सुनेश केसी ,सचिवमा हिक्मत श्रेष्ठ र निलम कुमार थापा ,महिला सचिवमा संगिता थापा ,कोषाध्यक्षमा नरेन्द्र फगामी ,सहकोषाध्यक्षमा प्रेम छन्त्याल ,युवा संयोजकमा सचिन श्रेष्ठ ,महिला संयोजकमा पुर्णिमा पाइजा (आशा),महिला उपसंयोजकमा नैना पुन तिलिजा र क्षेत्रीय संयोजकमा दिपु फगामी चयन हुनुभएको छ ।

अध्यक्ष खड्काले सबैसंगको सामुहिक सकार्य र समन्वयमा मोनालाई थप सवल र आर्थिक रुपमा शसक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । अग्रजको योगदानलाई सम्मान गर्ने समेत बताउनुभयो । उहाँले सर्वसम्मत बनाउन सहयोग गरेको भन्दै अध्यक्षमा दावी गर्नुभएका प्रमुख सल्लाहकार मिम पुर्जालाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्षमा पुर्व वरिष्ठ उपाध्यक्ष तथा प्रमुख सल्लाहकार मिम पुर्जाले दावी गर्नुभएको थियो । पुर्जालाई अर्को महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको जनाइएको छ ।मोनाले म्याग्दीमा सामाजिक ,मानवीय र आर्थिक क्षेत्रमा ठुलो योगदान प¥याउँदै आएको छ भने विदेशमा अलपत्र म्याग्दीलीहरुको उद्धार आपतविपतमा सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा संस्थापक अध्यक्ष तेजप्रकाश पुन,पुर्व अध्यक्ष योगेन्द्र क्षेत्री लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । निवर्तमान अध्यक्ष अम्मर छन्त्यालले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।महाधिवेशनले यसअघिको वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । संरक्षक शिवकुमार बरुवालले संचालन गर्नुभएको थियो । रिक्त रहेका पदहरुमा नयाँ कार्यसमितिको पहिलो पुर्ण वैठकले पदाधिकारीहरु चयन गर्ने उपाध्यक्ष राम्जालीले जानकारी दिनुभयो । यसैगरी निवर्तमान सचिव सुवोध बरुवाललाई सम्मान गरिएको छ । पुर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य चक्र थापा र सदस्य अमर बानियाँले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार