म्याग्दीमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु  

  म्याग्दी न्युज संवाददाता

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । म्याग्दीको घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्ट्रेलियामा बस्ने दिपक भण्डारी र सोही गाउँपालिकााको वडा नं ७ ताकम घर भई हाल अमेरिका बस्ने ऋषिनाथ सुवेदीलाई नागरिकता प्रदान गर्दै म्याग्दीबाट गैरआवासीय नागरिकता वितरणको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलबताए ।

उनले संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता वितरण गरिएको बताए । म्याग्दीमा गैरआवासीय नेपालीका पक्षमा सरकारले सकारात्मक भूमिका निर्वाह गरिरहेको र थप सहकार्यमा समेत सहज हुने प्रजिअ पौडेलको भनाई थियो । सोही अवसरमा एनआरएनको हैसियतमा पहिलो नागरिकता लिएपछि अष्ट्रेलियाका दिपक भण्डारीले जन्मभुमीमा हुने सामाजिक एवम् विभिन्न कार्यहरुमा प्रत्यक्ष संलग्न हुन कुनै समस्या नहुने बताउँछन् ।

नेपाली नागरिकता लिएको सम्बन्धित जिल्लामै गएर वडाको सिफारिससहित नेपाली नागरिकले नेपालको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ। गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने सहायक प्रजिअ धिरेन्द्रराज पन्तले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार