न्यु दरबाङ महिला सहकारीको अध्यक्षमा सापकोटा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित न्यु दरबाङ महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा लक्ष्मी सापकोटा आचार्य चयन हुनुभएको छ ।शनिबार सम्पन्न सहकारीको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सापकोटा आचार्य अध्यक्षमा चयन हुनुभएको हो । सहकारीकी प्रवन्धक सोलिना किसानका अनुसार ,उपाध्यक्षमा गौमति चपाई ,सचिवमा हरिमाया विक,कोषाध्यक्षमा सावित्रा कँडेल निउरे चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मिना फगामी ,शर्मिला पुन ,चित्रा सिंह पुन ,लेसकुमारी घर्ती ,तुलकुमारी शर्मा ,कल्पना गुरुङ,कृष्णा तुलाचन चयन हुनुभएको छ ।

लेखा समितिको संयोजक ममसरा कार्की तथा सदस्यहरुमा देबी रोका तथा इन्द्रा तुलाचन रहनुभएको छ । ७ सय दश जना शेयर सदस्य संख्या रहेको सहकारीले कुल कारोबार २ करोड ४९ लाख रुपैयाँ गरेको छ । सहकारीको शेयर पुँजी ६० लाख ५४ हजार ६०० रुपैयाँ रहेको छ भने बचतर्फ एक करोड ९ लाख र लगानीतर्फ एक करोड ६१ ला रुपैयाँ रहेको छ । वार्षिक साधारणसभा तथा अधिवेशनको मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले महिलाहरुमा बचत गर्ने बानीको विकास गर्न सहकारीले सहयोग गरेको बताउनुभयो ।

उहाँले सहकारी मार्फत महिलाहरुलाई आर्थिक रुपमा बलियो र शसक्त बनाउँदै लैजाने बताउनुभयो । पुँजि लगानी गरी सहकारीले महिलाहरुलाई व्यवसायीक बनाइ आत्मनिर्भर बनाउनमा मदत गर्नुपर्नेमा उहाँको जोड थियो । साथै सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा संस्थाकी सल्लाहकार खरमाया विटालु ,शेयर सदस्यहरु याममती रोका अर्मजा ,प्रेममाया जुग्जाली र कल्पना गुरुङले सहकारीले गाउँगाउँमा समेत बचत गर्ने बानीको विकास गर्नमा ठुलो भुमिका खेलेको बताउनुभयो । संस्थाले दुई जना कर्मचारी , दुई उत्कृष्ट समुह, दुई जना बचतकर्ता र एक जना उत्कृष्ट कारोबारकर्तालाई पुरस्कृत गरेको छ । ममसरा कार्कीको अध्यक्षता, सचिव लक्ष्मी सापकोटा आचार्यको सञ्चालन ,उपाध्यक्ष चपाईको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार