अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु,सांसद गौचनद्धारा उद्घाटन(तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिताको उदुघाटन गरिएको छ । उक्त प्रतियोगिताको मंगलबार गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचनले उद्घाटन गर्नुभयो । मंसिर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागिता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्षको मुख्य प्रायोजक राम–विमला फाउण्डेशनका संस्थापक प्रदेश सदस्य गौचनले एकलाख रुपैयाँको चेक अध्यक्ष सुमन बानियाँलाई हस्तान्तरण गर्नुभएको थियो।

भिडिओ हेर्नुहोस्

????????????????????????????????????

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सांसद गौचनले विद्यालय स्तरमा फुटबल खेलको विकासका लागि प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरुमा खेल प्रतिभाको प्रस्फुटन र क्षमता विकास गर्न जेसीज कप फुटबल प्रतियोगिता उपयोग हुने उहाँको भनाइ थियो । ‘२१ औँ संस्कणसम्म निरन्तर भएको यस प्रतियोगिताले विद्यालय तहदेखि नै जिल्लास्तरमा फुटवलप्रतिको मोह बढाएको छ, खुल्लामञ्चको खेलकुद पूर्वाधारलाई पूर्णता दिन प्रदेश सरकारमा पहल गर्ने छु’,सांसद गौचनले भन्नुभयो ।

????????????????????????????????????

त्यस्तै बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले खुलामञ्चलाई मिनि रंगशाला बनाउने योजनाालाई पूर्णता दिनलाई नगरमा बजेट नभएको बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकारले खुल्लामञ्चलाई पूर्णता दिने किसिमले बजेट छुट्याउनमा बेवास्ता गरेको बताउँदै अर्को बर्ष नगरले ५० लाख रुपैयाँ बजेट छुट्याउने योजना रहेको जानकारी गराउनुभयो । उहाँले अनुशासन पुर्वक खेल प्रतिभालाई अघि बढाउन प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

????????????????????????????????????

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनोद घर्तीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो । भने अनुशासित टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

????????????????????????????????????

उद्घाटन कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष एवम् बेनी नगरपालिका वडानम्वर ७ का वडाअध्यक्ष रमेश कुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुविन श्रेष्ठले जिल्लामा फुटवल खेलको विकासमा जेसीज कपको योगदानबारे चर्चा गर्दै खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो । पूर्व अध्यक्ष श्रेष्ठले खुल्लामञ्चको पूर्वाधार निर्माणमा भएको ढिलाईप्रति प्रदेश माननीयलाई ध्यानाकर्षण गराउनुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले फुटवल क्षेत्रको विकासको लागि म्याग्दीमा फुटवल संघ आधिकारिक रुपमा दर्ता भएर अघि बढेको बताउनुभयो ।

????????????????????????????????????

म्याग्दी जेसीजका शाखा अध्यक्ष बानियाँको अध्यक्षता, प्रतियोगिताका मुल संयोजक घर्तिको स्वागत र महासचिब कुमार बानियाँको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठको उपस्थित भएको थियो । कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको शाखा अध्यक्ष बानियाँले भन्नुभयो । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहको विश्वकप मानिन्छ ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार