लामिछानेलाई ८ वर्ष जेल सजाय

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार सन्दीप विरुद्ध सजाय निर्धारण गर्नुभएको हो ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार