तस्बिरमा एमाले म्याग्दीको दशौँ अधिवेशन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा सहित नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको शुक्रबारदेखि दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको अधिवेशनको एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभयो ।

याे पनि‍‍‍‍…

वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल

दुई दिनसम्म बेनीमा सञ्चालन हुने अधिवेशनले जिल्ला कमिटिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको उद्घाटन अघि बेनीमा ¥याली गरिएको थियो ।बाजागाजा सहित विभिन्न नारा लगाउँदै अधिवेशनमा भाग लिन आएका प्रतिनिधि र अतिथि समेतको सहभागीतामा ¥याली आयोजना गरि बेनी बजार परिक्रमा गरिएको थियो । तस्बिर : म्याग्दी न्युज डटकम 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार