म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम ,दित्तिय उपाध्यक्ष अमृत बानियाँ, महासचिव नारायण जिसी, कोषाध्यक्ष सुमन श्रेष्ठ ,सचिव मोतिलाल पौडेल,सह–सचिव टेकप्रसाद सापकोटा र सह–कोषाध्यक्ष बाबुराम आचार्य लगायत कार्य समितिले औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ भने आमन्त्रीत सदस्यमा मनोनित भएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दीका उद्योगी व्यवासायीहरुले उत्पादनमुलक र पर्यटन विकासका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले नीजि क्षेत्रसंग साझेदारी गर्ने नगरपालिकाको नीतिलाई आगामी दिनमा थप प्रभाबकारी बनाउने बताउँदै पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीजि क्षेत्रको सक्रियता आबश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले रहरले कर तिर्नुपर्ने बताउँदै नगरपालिकाले करदको दरलाई घटनाएर दायरा फराकिलो बनाउन थालेको बताउनुभयो ।

याे पनि…

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)

कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछानेले उद्योगी व्यवसायीले गर्ने लगानीले रोजगार र अवसर सिर्जना गर्ने बताउँदै जिल्लाका सम्भावनाहरुको खोजी र उजागरमा समेत अग्रसर बन्नुपर्नेमा जोड दिनभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार व्यवसायबाट आर्जन गरेको पुँजीलाई संचय गरेर ठूला योजनामा लगानी गर्न सके रोजगार र प्रतिफल सिर्जना हुने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल, पूर्व अध्यक्षहरु कुविर कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, सुदर्शन कुमार श्रेष्ठ, उत्तम कर्माचार्य लगायतले जिल्लाका सबै स्थानीय तह र बजार क्षेत्रमा पुगेर संघका गतिविधिलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिनुभएको थियो । संघका नवनिर्वाचित अध्यक्ष सुविन श्रेष्ठले तीन बर्षे कार्ययोजना बनाएर संघका गतिविधिलाई प्रभाबकारी बनाउने बताउँदै जिल्लामा व्यापार व्यवसायको विस्तार र लगानीका क्षेत्रको पहिचान गर्न संघलाई क्रियाशिल बनाउने प्रतिबद्धता जनाउनुभएको थियो भने महासचिब नारायण जिसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार