नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा पुर्जा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँपालिका कमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो ।पुर्जा यसअघि पनि एमालेको गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्थ्यो ।

कमिटीको उपाध्यक्षमा सुरेश पूर्जा पुन ,सचिवमा आनन्द पुन , उपसचिवहरूमा उज्जल फगामी र डममाया पुन रहनुभएको छ । अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार