लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)

म्याग्दी।वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,स्थित घाेडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँसले ढाकिन थालेका छन् ।लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । लालीगुराँसले घाेडेपानी र पुनहिल क्षेत्र थप मनमोहक देखिन्छ । भने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ ।नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन्।

यो क्षेत्रमा फागुनको दोस्रो सातादेखि पर्यटकको चहलपहल सुरु भएको छ। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुनथालेको घाेडेपानीका होटल व्यवसायी विरेन गर्बुजा पुनले बताउनुभयो । सूर्योदय, हिमशृङ्खलाको दृश्य र गुराँसको जंगल अवलोकनका लागि दैनिक एक सय जना भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरु पुनहिल जाने गरेको स्थानीय ज्ञानबहादुर गर्बुजा पुनले बताउनुभयो ।

सुर्योदय र हिमश्रृङ्खलाको दृश्यावलोकन सँगै घाेडेपानी र पुनहिल क्षेत्रमा फुलेको लालीगुराँसले थप पर्यटकको आकर्षण बढाएको बेनीबाट घुम्न आउनुभएकी डकमाया पाइजाले बताउनुभयो ।पुनहिलबाट एक दर्जनभन्दा बढी हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको दृश्यावलोकन गर्न पाइन्छ। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार