म्याग्दीका सन्तोष पुन मगरले जिते नेपाल आइडलको सिजन ५मा गोल्डेन माइक

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेपालको पहिलो अर्न्तराष्ट्रिय फ़्रेन्चाइज् गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करणमा म्याग्दीका सन्तोष पुन मगरले गोल्डेन माइक जित्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१०,स्थित वाखेत घर भई हाल सदरमुकाम बेनीमा बसोबास गर्दै आउनुभएका पुन मगरले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक जित्नुभएको हो ।

https://fb.watch/q_xXMi_pnQ/

काठमाडौं बाहिरको अन्तिम अडिसनको रुपमा नेपाल आइडलको पोखरा अडिसन भएको थियो । अडिसनमा म्याग्दीली गायक सन्तोषको प्रस्तुतीलाई तीनै जना जर्जहरुले प्रसंसा गर्दै उत्कृष्ट घोषित गर्दै गोल्डेन माइक प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार