जलजला गाउँपालिकाकाे दहमा एक दम्पतीको विभत्स हत्या

म्याग्दी। पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहमा एक दम्पतीको विभत्स हत्या भएको छ । सोमबार राति अपरिचित व्यक्तिले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार,घटनाबारे थप अनुसन्धानको लागी पोखराबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली आउँदैछ ।

‘घरको ढाेका बन्द गरेर घटना स्थललाई सुरक्षित गर्ने काम गरेका छौं । घटनाबारे थप अनुसन्धानको लागि पोखराबाट स्पेशल डक सहितको टोली आउँदैछ,’ डिएसपी भुसालले भन्नुभयो,‘गयराति ९ बजेसम्म उहाँहरु छिमेकीसँग गफ गर्दै बस्नुभाछ ,त्यसपछि घटना घटेको देखिन्छ । अपरिचीत समुह /व्यक्तीले धारीलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ ।’

वडाध्यक्ष प्रकाश बहादुर जिसीका अनुसार, घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो ।मंगलबार बिहान फोन सम्पर्क गर्दा नउठेपछि जेठा छोराबुहारीले घरको ढाेका खोलेर भित्र खोजी गर्ने क्रममा जिसी दम्पती मृत फेला पर्नुभएको थियो । घटनाको बारेमा जानकारी पाएसँगै गाउँपालिका अध्यक्ष राजु प्रसाद  आचार्य सहित जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको छन् । जिसी दम्पतीका तीन छोरा हुनुहुन्छ ।गाउँमै खेती गर्दै आउनुभएका जिसी दम्पतीले किराना पसल समेत सञ्चालन गर्नुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार