मंगला शिक्षा क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा दोहोरिए थापा मगर

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको सञ्चालक समितिकाे अध्यक्षमा यामबहादुर थापा मगर दाेहाेरिनुभएकाे छ । बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा थापा मगर  पुन: सर्वसम्मत चयन हुनुभएकाे हाे ।सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा रोकाशेर बहादुर क्षेत्री, कलदेवी जिसी, बिना भण्डारी, बिन्दु मल्ल, टंकप्रसाद बुढाथोकी, कविन्द्र रोका, सुकबहादुर घर्ति क्षेत्री र गणेश बहादुर ठकुरीलाई चयन गरेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।

याे पनि…

मंगला शिक्षा क्याम्पसको तेस्रो क्याम्पससभा तथा अधिवेशन

गएको चैत्र २४ र बैशाख ३ गते उद्घाटन भएको क्याम्पस सभामा क्याम्पस सभा सदस्यको कुल ५१ प्रतिशत अनुपस्थित भएपछि तेस्रो बन्दसत्रबाट क्याम्पसको विद्यान २०७८को परिच्छेद ३ को उपदफा६को (क)१ बमोजिम बिहिबार सभा सम्पन्न भएको थियो ।सञ्चालनक समितिको चयनमा क्याम्पसका संरक्षक एवम् मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका लगायत क्याम्पसका पूर्व अध्यक्षहरू, शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो । नवनिर्वाचत अध्यक्ष थापाले क्याम्पसलाई पश्चिम म्याग्दीको शैक्षिक हव बनाउने गरी शिक्षा संकाय बाहेक प्राविधिक र व्यवस्थापन संकाय समेत सञ्चालनका लागि आवश्यक प्रक्रियामा जाने बताउनुभयो ।

उहाँले क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रियालाई समेत आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताउनुभयो ।क्याम्पसमा पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै बागलुङको ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिकाका विद्यार्थी समेत अध्ययनरत छन् । भौतिक पूर्वाधारमा तिब्र गतिमा अगाडी बढेको क्याम्पसले तत्कालिन समयमा चन्दा संकलन गरी लाम्पाटामा खरिद गरेको जग्गामा क्याम्पस भवन, प्रशासनीक भवन बनाइएको छ भने छात्राबास भवन समेत निर्माणधिन अवस्थामा रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार