नदीले बगाएर बेपत्ता भकिम्लीका आले अझै भेटिएनन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी नदीले बगाएर बेनी नगरपालिका–३,भकिम्लीका टेकबहादुर आले बेपत्ता हुनुभएको छ । विहिबार राति म्याग्दी र कालिगण्डकी नदी दोभान नजिकै म्याग्दी नदीमा माछा मार्न जाल हान्ने क्रममा करिब दश ४५ बजेको समयमा आलेलाई नदीले बगाएको थियो । आले सहित चार जनाको टोली नदीमा जाल खेल्न गएका थिए ।नदीले बगाएर बेपत्ता हुनुभएका आले फेला नपरेपछि परिवारका सदस्यहरु र आफन्त चिन्तित छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीका अनुुसार,बेपत्ता आलेको खोजतलास भइरहेको छ ।

‘सम्बन्धीत ठाउँमाहरुमा खोजतलास भइरहेको छ ।र,अन्य पक्षहरुबाट पनि अनुसन्धान भइरहेको छ’,उहाँले भन्नुभयो,‘खोजीका लागि सशस्त्र प्रहरीको गोटाखोर टोली समेत परिचालन गरिएको छ ।’आलेका श्रीमती सहित दुई छोरा छन् । बेपत्ता आलेको खोजीमा सहयोग गरिदिन उहाँका परिवार र आफन्तले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार