अन्नपूर्ण गाउँपालिकाका महिलाहरुलाई ढाका बुनाई तालीम

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महिलाहरुका लागी एक महिने ढाका बुन्ने तालिम संचालन गरेको छ । जेठ १३ देखी सुरु भएको तालिम असार १३ गतेसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले महिला उद्यमीलाई ढाका बुन्ने मेसिन समेत विशेष अनुदान दिने भएको छ । तालिममा आठ जना महिलाहरु सहभागी छन् ।

स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउन कृषि, ब्युटिसियन लगायतका तालिमहरु पनि सञ्चालन गरेको उहाँको भनाइ छ ।तालिममा महिला उद्यमी लिला पुनले सहजीकरण गर्नुभएको छ । तालिममा ढाकाको कपडा तयार पार्ने र टोपी, सल, साडी, झोला लगायतका सामग्रीहरु बनाउन सिकाइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार