म्याग्दीमा रक्तदान र दिप प्रज्वलन गरि प्रथम सहिद लखन स्मृति दिवस मनाइयो

बेनी बिहिबार फागुन २ गते । आज फागुन २ गते नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको सहिद स्मृति दिवस । सहिद थापा मगरको १ सय ४२ औं स्मृति दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

देशभर विभिन्न कार्यक्रम गरि दिवस मनाइरहँदा म्याग्दीमा पनि रक्तदान तथा दिप प्रज्वलन गरि स्वर्गिय थापा मगरलाई सम्झना गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा रक्तदान तथा दिप प्रज्वलन गरि प्रथम सहिद थापा मगरलाई सम्झना गरिएको हो । सदरमुकाम बेनी बजारमा रहको सहिद स्तम्भ र लखन चौतारिमा विहान रक्तदान र साँझपख दिप प्रज्वलन गरि सहिद थापा मगरलाई सम्झना गरिएको हो ।

जहानिय राना शाशन तथा अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउन खोज्दा रानाहरुको आदेशमा चरम यातना सहित १९३३ फागुन २ गते काठमाडौंमा खिर्राको बोटमा उनलाई झुन्ड्याइ मारिएको बताइन्छ ।

नेपालको प्रथम सहिद भएपनि सरकारले सहिदहरुलाई वेवास्ता गरि अपमान गर्न खोजेको आरोप लगाउँदै मगर समुदाय संगै सबै नेपालीहरुले सरकारप्रति खेद प्रकट गरेका छन् । उनिहरुले सहिद दिवसमा दिइएको बिदालाई पनि कटौति गरि सरकारले सहिदहरुको बलिदानलाई बिर्सन खोजेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार