थप ४ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि , ३७ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर चार हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ जना र ५ सय १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६० जना गरी कुल ७ हजार ४ सय ४८ जनाका कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार