थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि ,६५४३ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८८ हजार ६ सय ४५सय ५७ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

मन्त्रालयका अनुसार २१ हजार ६ सय ९५ आरटी पिसिआर र ३ सय ९२ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १ सय ९० जनाले ज्यान गुमाएका छन् । यो संगै कारोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार निको हुने संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ । निको हुने दर ७५.१ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार