बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेका उमेद्वारले मनोनयन दर्ता गरेका छन् ।एमालेले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजाको मनोनयन दर्ता गराउनुभएको छ।
प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो । श्रेष्ठ एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुनुहुन्छ ।