काठमाडौं । कर्णाली प्रदेशसभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सा...
समाचार
-
-
राति तीव्र गतिमा सवारी चलाउनेविरुद्ध ट्राफिक कारवाही
काठमाडौँ । रातको समयमा तीव्र गतिमा सवारी सधान चलाउनेविरुद्ध ट्राफिक प्रहरी महाशाखाले कारवाही गर्न थालेको छ । ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरेर गति नियन्त्रण अभियान शुरु गरिएको ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) सन्जिव शर्मा दासले बताउनुभयो । गएराती ट्राफिक प्रहरीले सातदोबाटो, सानेपा, कलंकी र गठ्ठाघरमा नाइट भिजन...
-
विद्यार्थीलाई खोप दिएर विद्यालय खोल्ने तयारी
विराटनगर । विराटनगर महानगरपालिकाले १८ वर्ष पूरा गरेका नगर क्षेत्रका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर विद्यालय सञ्चालनको तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढे लकडाउन गर्ने र विद्यालय सञ्चालनसम्बन्धी सबै अख्तियार स्थानीय तहलाई दिएपछि महानगरले संक्रमण न्यून हुँदै गएको भन्दै विद्...
-
काभ्रेको चौँरीदेउराली गाउँपालिकाका नौ घर पहिरोको उच्च जोखिममा
बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका-५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिरोले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । वडा नं ५ का अध्यक्ष राजक...
-
निर्वाचन आयोगविरूद्ध एमालेले आज मुद्दा दर्ता गर्ने
काठमाडौं । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज अपरान्ह मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताउनुभयो । ‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइर...
-
‘चामे जान काम पर्छ, पुल छैन’
मनाङ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्...
-
दुई परिवारबीच झडप हुँदा एक महिलाको मृत्यु
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका १ डुमरीमा दुई परिवार बीचको झडपमा एक महिलाको मृत्यु भएको छ । झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो । स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढा...
-
सभामुखले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजे : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाउनुभएको छ। नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स...
-
टुकीबाट सल्किएको आगोले ८ लाख बढीको क्षति
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले ज...
-
१४ वर्षीया छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ
लमजुङ । एक १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा फरार लमजुङका एक शिक्षक पक्राउ परेका छन्। सोमबार बेशीसहरबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई जबरजस्ती करणी गरेकै आरोपमा सोहि गाउका अर्जुन...













