कास्की । लागुऔषधको कारोवार गर्ने गिरोहलाई कास्की जिल्ला प्रहरीको सक्रियतामा रुपन्देहीबाट पक्राउ गरिएको छ । असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुलसहित पक्राउ गरी अनुसन्धान थालिएकामा भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित अन्य द...
समाचार
-
-
भदौमा महाधिवेशन सम्भव छैन : महामन्त्री कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ। आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सि...
-
जरायोको सिङ र सालकको खपटासहित एक महिला पक्राउ
काठमाडौं । प्रहरीले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट एक महिलालाई पक्राउ गरेको छ । वन्यजन्तु जरायोको आखेटोपहार दुई थान र सालकको खपटा ३६ पिससहित नागार्जुन नगरपालिका३ की ४५ वर्षीय माइली पुतुवारलाई प्रहरीले पक्राउ गरेको हो। नागार्जुन-३ रातमाटेबाट ओसारपसार गरी बेचबिखन गर्न लुकाइराखेको अवस्थामा वन्यजन्तुको आखेटोपहार...
-
लुटपाटको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ
जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सो...
-
कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम
काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानव...
-
बागलुङको निसीखोलामा लडेर एक मजदुरको मृत्यु
बागलुङ । बागलुङ निसीखोला गाउँपालिकामा लडेर एक मजदुरको ज्यान गएको छ । निसीखोला गाउँपालिकामा खानेपानीको पाईप जोड्ने बेलामा लडेर बिहीबार दिउँसो मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । निसीखोला गाउँपालिका—७ राजकुटको सेम्कादेखि चेलाङ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गोर्खाको धार्चो गाउँपालिका—२ क...
-
बाँकेमा हात्तीको दाह्रासहित ३ जना पक्राउ
दाङ । बाँकेमा हात्तीको दाह्रा सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङका एक र बर्दियाका दुई जना छन्। पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं.५ का ५० वर्षीय दलबहादुर सुनार, बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ का ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँका ४८ वर्षीय धनबहादुर सुनार रहेको प्रहरीले जनाएको छ। ज...
-
१९ वर्ष १० महिनासम्म पालेको कुखुराको भाले मर्दा गाउँले मलामी गए, मालिकले कपाल फाले, नुन छोडे
दाङ । दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्। ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले स...
-
विभिन्न लागु औषधसहित चारजना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न लागु औषधसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ९ का ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा-११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर-४ कै २७ वर्षीय विकास देउला रहेका छन् ।...
-
कक्षा ११ को परीक्षा दिंदै सात दिनकी सुत्केरी
म्याग्दी । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएक...












