बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा ११ महिला र १७ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी ,म्याग्दीमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ छ । स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिका वडा नम्बर ५ का पुरु...
समाचार
-
-
गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण
गण्डकी । गण्डकी प्रदेशमा बिहीबार थप ५०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार३ जनाको नमुना परीक्षणमा थप ५०६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् ।...
-
पर्सामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
पर्सा । पर्सामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंज स्थित अस्पतालमा उपचाररत पर्साका ३ र बाराका १ गरी ४ जनाको मृत्यु भएको हो । बीरगंज स्थित नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेलस्थित अस्थायी कोभिड अस्पतालमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ स्थित धरमपुर निवासी एक बृद्धको मृत्यु भएको छ भने एक ...
-
देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै गर्दा प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् । बैठक पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ ...
-
दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक १०.१३ अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा पुगेको छ । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.१२ अंकले बढेर ४७९.५० विन्दुमा पुगेको छ । बिहीबार व्यापार र होटल समूह बाहेकका सबै बैंक, फाइनान्स, बीमा,...
-
रियाद जानका लागि ‘विशेष चार्टर्ड उडान छ’ भनेर ठग्न खोजेको आरोपमा एक जना पक्राउ
काठमाडौं । साउदी अरेबियाको रियाद जानका लागि ‘विशेष चार्टर्ड उडाउन छ’ भनेर सामाजिक संजालमा भ्रामक सूचना राखेर ठग्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ घर भई काठमाडौं बस्ने उमेश गुप्ता छन् । अभिवादन एक्सपिडीसन होलिडेजका संचालक समेत रहेका ३९ वर्षीय गुप्तालाई...
-
एमाले बैठकका चार निर्णय
काठमाडौं । नेकपा (एमाले)को आज बसैको स्थायी कमिटी बैठकले चार निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताको कारबाही फुकुवा लगायत चार निर्णय गरेको हो । आज बिहान बालुवाटारमा बसेको बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरेको छ । ...
-
सगरमाथा आरोहणका क्रममा २ जनाको मृत्यु
काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो । यस्तै शिखरतर्फ जाँदै गरेका अ...
-
हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु
मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका २ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत हेटौँडा ७ का ८७ वर्षीय पुरुष र हेटौँडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिनुभयो । हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० वर्षीय पुरुषको...
-
हावाहुरीले रुख ढल्दा महिलाको मृत्यु
कैलाली । कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए । हावाहुरीले कच्ची घरमाथि रु...






















