काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्रका तीनवटा सामुदायिक विद्यालयहरु सहयोगी माध्यमिक विद्यालय, सुन्ताखान माध्यमिक विद्यालय र बालसुधार माविका प्रधानाध्यापकलाई शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐनविपरित वर्खास्त गरेको पाइएको छ । सरुवाका नाममा चालिसेले तीनवटै विद्यालयका प्राध्यापकहरू क्...
समाचार
-
-
मिश्र र लिङ्देनबीच भेटवार्ता
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उहाँकै निवासमा पुग्नुभएको हो । सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको ...
-
संसद अवरोधले निजामती सेवा ऐन आउन सकेनः मन्त्री श्रेष्ठ
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उहाँले लामो समयदेखि संसद अवरोध भइरहेकाले ऐन पारित हुन नसकेको जानकारी दिनुभयो। संघीयत...
-
हिमपात र बाक्लो कुहिरोले कर्णालीमा सबै उडान अवरुद्ध
काठमाडौँ । कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो । कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला स...
-
एमसीसीविरुद्ध आइतबार २२ राजनीतिक दलले प्रदर्शन गर्ने
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने स...
-
ललितपुर एमाले अध्यक्षका लागि चार नेताको दौडधुप
काठमाडौँ । ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् । आचार्य ललितपुर एमालेका सचिव हुनु...
-
बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण
काठमाडौँ । खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उ...
-
ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेल हुँदै
काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे सुरु हुनेछ । ६ खेलसम्म अपराजित रहेपनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको आर्मी अंक तालिकामा तेस्रो स्थानमा छ । एपीएफ व...
-
घरको चार तलाबाट खसेर एक किशोरीको मृत्यु
काठमाडौँ । भक्तपुरमा चार तले घरबाट खसेर एक किशोरीको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। उनका अनुसार शुक्रबार बिहान सवा ६ बजे उनी घ...
-
डा. केसीका माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. गोविन्द केसीले पछिल्लो पटक अघि सारेका ७ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटघाटमा प्रधानमन्त्रीले क्रमशस् मागहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएको डा. केसीका सहयोगीहरुले बताउनुभएको छ । पुस ११ गते विज्ञप्त...






















