काठमाडौँ । गैरआवसीय नेपाली (एनआरएन) लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको छ । उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता...
समाचार
-
-
जबराविरुद्ध ऐक्यबद्धताः पापड पनि आन्दोलनमा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जा (पापड) ले बालुवाटार न्याय मार्चको आह्वान गरेको छ। जबराको राजीनामा माग गरी नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलन भइरहेको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पापडले जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया सुरु गरी ...
-
अमेरीकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन : दाहाल
धनगढी । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्याले केही दिनभित्रै समाधान हुने बताउनुभएको छ । उहाँले सर्वोच्च अदालत जस्ता गरिमामय संस्थामा समस्या देखिनु राम्रो नभएकोले छिटो भन्दा छिटो समाधान हुनु पर्ने बताउनुभएको छ। बुधबार कैलाली विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले स...
-
राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिनुभयो। पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिका, चीन र भारतलगा...
-
एमाले १०औं महाधिवेशनः यसरी हुँदैछ विभिन्न ९ क्लस्टरबाट प्रतिनिधित्व
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं महाधिवेशन बिहीवारबाट चितवनमा हुँदैछ । यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले गत असोजमा संशोधित विधान अनुसार १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानल बना...
-
काँग्रेसका केही नेता महाधिवेशनमा भोट पाउन मात्र गठबन्धन हुँदैन भन्छन् : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी गर्नुभएको छ । काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैनुभन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको प्रचण्डले बुधबार धनगढीमा पत्रकारसँग बताउनुभयो । ...
-
तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउनुभएको छ । बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छ...
-
म्याग्दीमा बलात्कार आरोपमा एक जना पक्राउ
बेनी । म्याग्दीमा प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ स्थित मिठौलाका २८ बर्षिय लक्ष्मण किसानलाई २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । मंसिर ६ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको जाहेरीको आधारमा किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार...
-
नेपाललाई भुटानले दियो ६२ रनको लक्ष्य
काठमाडौँ । आईसिसी महिला टी २० विश्वकपको एसिया छनोटमा भुटानले नेपाललाई ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै ६१ रन बनाएको हो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् । यस्तै सोनम पा...
-
राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाउँछौँ : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाउनुभएको छ । मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवा...













