मोरङ । चट्याङ लागेर मोरङमा १ जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै भएका घटनामा २ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रविन माझीको चट्याङ लागेर मृत्यु भएको हो । बारीमा काम गरिरहेका बेला चट्याङ लागेर गम्भिर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहर...
सुरक्षा
-
-
बीएण्डसीमा कोरोना संक्रमितका लागि दुई सय बेड सञ्चालन
काठमाडौं । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० बेड सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमितलाई धमाधम बीएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले बेड थप गरेको हो । संक्रमितलाई उपचार गर्न सो संख्यामा बेड ...
-
बाग्लुङमा छतबाट खसेर १ जनाको मृत्यु
गुल्मी । बागलुङमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा आइतबार एक जनाको ज्यान गएको हो । छतबाट खसेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । छिमेकी दीपु केसीको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टरमार्फत...
-
गुल्मीमा सात वर्षीय बालकले जिते कोरोना
गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छन् । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्य...
-
अमेरिकामा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यमा गोली प्रहार तथा आगजनीमा परेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु भएका नेपाली सङ्खुवासभा खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठाका सागर घिमिरे भएको पुष्टि भएको छ । घिमिरे केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन विश्वविद्यालयबाट कम्युटर साइन्समा स्नातक गरेको उनका काका कप्तान...
-
कारागारभित्रै मृत भेटिए कैदी
दाङ । दाङको तुलसीपुर कारागार (सुधार गृह) भित्र एक जना कैदी मृत फेला परेका छन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४६ वर्षीय खड्ग बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित कारागारमा बुढाथोकी आज बिहान ८ बजेतिर मृत फेला परेको प्रहरीले बत...
-
भक्तपुर प्रहरीले संकलन गरेको ९५ वटा अक्सिजन सिलिन्डर अस्पतालमा वितरण
काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेर ९५ वटा अक्सिजन सिलिन्डर अस्पताललाई वितरण गरेको छ । भक्तपुर अस्पताल, लोकन्थलीस्थित इन्टरनेशनल अस्पताल, कोरिया मैत्री अस्पताल र ललितपुरको अल्का अस्पताललाई सिलिन्डर वितरण गरिएको भक्तपुरकी एसपी तारादेवी थापाले बताउनुभयो । भक्तपुरमा रहेका उद्योग, कलकारखाना, कवाडी संकल...
-
व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । जिल्ल...
-
कोरोना संक्रमणबाट बाजुरामा वडाध्यक्षको मृत्यु
धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा म...
-
कोरोना संक्रमणबाट कैलालीमा थप ६ जना मृत्यु
धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपु...




















