काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदै छ । शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै अदालत पुगेका हुन् । शाक्यले सोमबार वारेसमार्फत नियुक्तिको निर्ण...
समाचार
-
-
मेलम्चीको बाढीले थप तीन घर बगायो, अहिलेसम्म १११ घरटहरा बगिसक्यो
सिन्धुपाल्चोक । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिनुभयो। थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा ...
-
रिखार दैनिक पत्रिका छैठौं वर्षमा प्रवेश
बेनी । बेनीबाट प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक पत्रिका आज भदौ १ गते सोमबारदेखि छैठौ बर्षमा प्रवेश गरेको छ ।बि.स. २०७३ देखि प्रकाशन आरम्भ गरेको रिखार दैनिकले म्याग्दी र छिमेकी जिल्लाका स्थानीय मुद्दाहरुलाई प्राथमिकता दिएर समाचार र बिचार प्रकाशन गर्दै आएको छ । स्थानीय समस्या, सम्भावना, बेतिथि, विकृतिको उज...
-
तालिबानद्वारा आममाफीको घोषणा
काठमाडौं । तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ । साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण व...
-
वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. कोइरालाको निधन
काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ । लामो समयदेखि मुटुको समस्या झेल्दै आएका वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ६२ वर्षीय डा कोइरालाको हृदयघातका कारण आज दिउँसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको स्व कोइरालाका आफन्त मधुवि...
-
ओलीलाई निर्णय फिर्ता लिन नेपाल पक्षको चेतावनी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एकलौटी ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएको छ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै न...
-
प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रको शपथ ग्रहण सम्पन्न भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज...
-
एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्नेछ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्ने चेतावनी दिएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने बताएका हुन् । एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै...
-
दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, ...
-
एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो । बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । उनीहरुले सां...













