• नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो । यस दिन बजार खुलेको कहीँ ...

  • प्रधानमन्त्रीद्धारा कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिनुभएको छ । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा ...

  • एक साताका लागि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । यही साउन २६ गते मंगलबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाउनुभएको छ । आजको बैठकको कार्यसूचीमा खास एजेण्डा नभएपनि अधिकांश सांसदहरुले बैठकको शून्य र विषेश समयमा जनसरोकारका कुरा उठाएका थिए । दार्चुलाको ब्यास गाउँपालिका वड...

  • बैंकिङ कसुरमा ३९ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको चक्रपथबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा रहेका छन् । उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले थापालाई ३९ लाख ९६ हजार ४ सय रुपैया जरिवाना सुना...

  • सरकारद्धारा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन आग्रह

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ...

  • स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

    काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए । यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख का...

  • लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको...

  • माधव नेपालले बोलाए आफू पक्षीय केन्द्रीय समिति बैठक

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । साउन २० गते बुधबार ११ बजेलाई बैठक बोलाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । नेता नेपालले सोमबार मात्रै ...

  • काठमाडौंमा धर्ना, जुलुसजस्ता भिडभाडजन्य गतिविधि नगर्न प्रशासनको चेतावनी

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको छ । केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो अपिल गरेको हो । कोरोन...

  • निर्वाचन आयोगद्धारा ४१ वटा राजनीतिक पार्टीको दर्ता खारेज

    काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको हो । आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ । दर्ता खारेज भएका दल...