काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिन अपील गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले आफ्नो मत देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् । “यो सरकार संविधानको धारा ७६(५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त ...
समाचार
-
-
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ लाटिमाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु...
-
ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु
काठमाडौं । चितवनको पर्सा चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा चोकमा ना ८ ख ३०२४ नम्बरको ट्याङकरले ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका–१० की २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको हो । ट्याङ्करको ठक्करबाट ...
-
सरकारद्धारा ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने निर्णय
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये...
-
मुस्ताङको ठिनीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
.तारानाथ आचार्य मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो । ट्रकमा सातजना सवार...
-
बलात्कार आरोपी युवक लुकीछिपी विदेश जान खोज्दा विमानस्थलबाट पक्राउ
काठमाडौं । बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । सर्लाहीको बलरा नगरपालिका–८ घर भएका २३ वर्षीय ललन महतोलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताउनुभयो । कतारको दोहा उड्न लागेको अवस्थाम...
-
१६ वटा राँगासहित दुई ब्यापारी पक्राउ, झुटो आरोप लगाइएको ब्यापारीको जिकिर
बर्दिया । नेपालमा विक्री वितरणका लागी अवैध रांगा ल्याएको अभियोगमा पक्राउ परेका व्यापारीहरुले आफुहरु अन्यायमा परेको बताएका छन । स्वदेशमै खरिद गरी राँगो विक्रि गर्न लाग्दा आफुहरुलाई झुट्टा अभियोग लगाइएको ब्यापारीहको जिकिर छ । गुलरिया नगरपालिका ११ निवासी ३३ वर्षीय अब्दुल सलाम गद्दीले असार ३१ गते बारबर्दिया १० बैदाबाट १...
-
नगदसहित १२ जना जुवाडे पक्राउ
काठमाडौं । काठमाडौँ महानगरपालिका–२१ भोटेवहालबाट १२ जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शनिबार बोटेवहालस्थित राजकुमार नगरकोटीले कोठाभित्र जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा पैसाको हारजित हुने गरी तास खेलिरहेका उनीहरुको साथबाट प्रहरीले ५ लाख ३१ हजार ५ सय रुपैया...
-
कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो । संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागे...
-
चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोपमा २६ वर्षीया युवती पक्राउ
बागलुङ । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्रा...






















