धनुषा । धनुषाको बडहरीमा दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट गम्भीर घाइते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो । ज७प ५९८६ नम्बरको मोटरसाइकलमा ढल्केव...
सुरक्षा
-
-
परिवारकै संलग्नतामा युवती बेपत्ता
कपिलवस्तु । लैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला परिवारबाटै एउटी युवतीलाई बेपत्ता पारिएको छ। परिवारको इच्छाविपरीत विवाह गरेकी भन्दै पुष्पा चौधरीलाई माइती पक्षले घरमा गएर कुटपिट गरी बलजफ्ती ल्याएर गायब गराएको जनाइएको छ। चार महिनाकी गर्भवतीसमेत रहेकी उनलाई एक सातादेखि गायब पारिएको हो। परिवारले स्वीकृति नदि...
-
दाङका एक संक्रमितको बुटवलमा मृत्यु
बुटवल । दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको अस...
-
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा७३प ३८२ नम्बरको स्कुटर सोमबार मध्यराति दुर्घटना भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेका २९ वर्षीय राजु तामाङ छन्। भक्तपुरबाट काठमाडौं जाँदै गरेको स्कुटर मध्यपुर ठिमी-४ एसएस चोकनजिक सोमबार राति साढे ११ बजे अनियन्त्रि...
-
पोखरेल एआईजीमा सिफारिस
काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भएका छन् । गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले सोमबार उनको बढुवा सिफारिस गरेको हो । पोखरेल नेपाल प्रहरीका सबैभन्दा वरिष्ठ डीआईजी हुन् । एआईजीमा सिफारिससँगै पोखरेल हालका आईजीपी शैलेश थापा क्षत्र...
-
बेपत्ता किशोरको हत्यामा संलग्न तीन जना पक्राउ
इटहरी । बेपत्ता भएको चार दिनपछि सुनसरी दुहवीका एक किशोरको शव फेला परेको छ। सोमबार बिहान उनको शव फेला परेको हो। मंसिर १० गतेदेखि वेपत्ता भएका दुहवी –२ बीरगाँउका १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ। उनको शव सोही वडाको अरुण वनस्पति उद्योगको प्रांगनमा फला परेको प्रहरीले बताएको छ। सुजन साथीको घर...
-
कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
धनगढी । कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। पिडित पक्षले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेको बिष्ट...
-
अछाममा उच्च रक्तस्रावले एक सुत्केरीको मृत्यु
डोटी । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सो...
-
रौतहटमा बाटोमा महिलासँग ठोक्किएको निहुँमा एक युवकको हत्या
रौतहट । रौतहटमा फेरि एकजना युवकको हत्या भएको छ । जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १९ वर्षीय रविराम चमारले गत राति सामान्य विवादमा सोही वडाका १८ वर्षीय नन्दकिशोर राम चमारको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले ...
-
बाँकेमा स्थानीय समूहबीच झडप हुँदा एकको मृत्यु ,९ घाइते
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पर्ने बनियाँ गाउँमा गएराति भएको झडपमा एकजनाको मृत्यु भएको छ । ९ जना भाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए । पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूहका स्थानीयबीच झडप हुँदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ । टाउँकोमा गम्भीर चोट लागेका...




















