• सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ

    म्याग्दी । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार बिहान पक्राउ गरेको...

  • निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुवेदी

    बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौ जिल्ला अधिवेशनबाट सुवेदीको नेतृत्वमा १९ सदस्य नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रदिप गौतम, सचिवमा कमल शर्मा मरासिनी, सचिवमा तारा बानिया (जगत), कोषाध्यक्षमा गणेश पौडेल, सदस्यहरुमा संस्कृति श्...

  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६,चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।बेनीबाट सिंगा तातोपानी तर्फ जादै गरेको ग १ क ५७३५ नम्बरको टिप्परले शनिबार साँझ सिंगा तातोपानीबाट बेनी आउदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु ...

  • धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार शर्मा , साहित्यकार श्रेष्ठ सहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण

    बेनी । म्याग्दीको बेनी नगरपालिका -५, पुलाचौर स्थित जनकल्याण माध्यमिक विद्यालय स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा शुक्रवार एक समारोहबीच विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वित...

  • सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण(तस्बिरहरु)

    म्याग्दी। सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको हो । यसअघि सहरी स्वास्थ्य केन्द्रको भवन सानो र साँघुरो तथा बाढीपहि...

  • पालिका स्तरीय पुरुष र महिला भलिबल प्रतियोगिताको उपाधि बेनी र अन्नपूर्णलाई

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चम सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका विजयी भएका छन् । मंगलबार सम्पन्न पुरुष भलिबलको फाइनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधि चुमेको हो । प्रतियोगितामा बेनी नगरपालिकाले २५–२...

  • जरबुटामा बोलेरो दुर्घटनामा चालकको ज्यान गयो

    बेनी । म्याग्दीको बेनी नगरपालिका-६, जरबुटामा बोलेरो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको सिभिल ठेकेदार भारतीय कम्पनी जेपी एशोसिएट्समा कार्यरत चालक ३५ बर्षिय तेजेन्द्र खत्रीको घरमा पार्किङ गर्दा दुर्घटना भएको थियो । कम्पनीबाट घरमा आउनुभएका चालक खत्...

  • पुरुष भलिबल : बेनपा र मालिका गापा फाइनलमा प्रवेश

    बेनी । गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव, माघे स‌ङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल मह...

  • म्याग्दी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ

    बेनी। म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (दिपु) निर्बिरोध चयन हुुनुभएको छ । क्याम्पसको सोमबार बेनीमा सम्पन्न ३४ औ बार्षिक उत्सव तथा २३ औँ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको संरक्षकमा हरिकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष सोमनाथ ...

  • बेनी नगरपालिकाको १६ औं नगरसभा , थप १ करोड ६० लाख बजेट विनियोजन

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको १६ औं नगरसभाबाट थप १ करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरी ४० नयाँ योजना र संसोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा ...