• हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

    बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साध...

  • डा. चैतन्य सुब्बाको निधन

    काठमाडौँ । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा चैतन्य सुब्बाको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा मंगलबार राति १० बजेतिर निधन भएको छ । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएका थिए । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट समेत पीडित उनको ७६ वर्षको उमेरमा निधन भएको हो । ...

  • स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

    जुम्ला । जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए । बुढाल...

  • नेपालले टस जितेर फिल्डिङ गर्दै

    काठमाडौं । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । अनलाइनखबरबाट  ...

  • गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिनुभएको छ । बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी द...

  • बिदा नबसी एआइजी थापा नियमित काममा फर्किँदै

    काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा बिदा नबसेर काममा फर्किन तयार भएका हुन् । थापा कनि...

  • कमल थापाको चिन्ता : सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ

    काठमाडौँ । हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराउनुभयो । उहाँको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ । थापाले सनातन धर्म नासिए पहिचान र एक...

  • बमको हल्लापछि विमानस्थल खाली गराइयो

    काठमाडौँ । बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ। विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ । यस्तै विमानमा चढिसकेकालाई समेत बाहिर निकालिएको छ। विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि तनावको अवस्था सिर्जना भएको हो । विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन ...

  • मंगला–३ बरंजामा एमालेको चुनावी सभा

    म्याग्दी । नेकपा एमालेले मंगला गाउँपालिका –३ बरंजामा चुनावी सभा सम्पन्न गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मंगलबार बरंजाको आर्भाङमा नेकपा एमाले वडा कमिटीको आयोजनामा चुनावी सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्जार्च भुपेन्द्र थापाले देशमा विकासको म...

  • आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ

    काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । आईजीपी नियुक्ति विरुद्धको रिट...