• स्थापितमाथिको मीटूको आरोपलाई चुनावी फण्डामात्र नबनाऔँ, कानुनी उपचार खोजौँ : शर्मा

    काठमाडौं । महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गर्नुभएको छ । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत दिनुभएको हो। सामाजिक सञ्जालमा शर्माले लेख्नुभएको छ, ‘कानुनी उपचारमा गएको भए यति बेला...

  • २ लाख ३० हजारभन्दा बढी इ-पासपोर्ट जारी

    काठमाडौँ । सरकारले अहिलेसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ।बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिलेसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिनुभयो। उहाँले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्...

  • थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...

  • मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न आयोगको सिफारिस

    काठमाडौँ । निर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठ...

  • वैशाख ३० गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । रातोपाटीबाट...

  • ग्याविन जाली भर्दै गरेका एक मजदुरको ढुङ्गाले लागेर मृत्यु

    गोरखा । गोरखामा भिरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा एक पुरुषको ज्यान गएको छ। धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा ग्यावीन जाली भर्ने क्रममा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा सोही गाउँपालिका वडा नम्बर ४ लाप्राकका ३५ वर्षीय जीतबहादुर गुरुङको मृत्यु भएको डिएसपी लिलिराज लामिछाने बताउनुभयो । झोलुङ्गे पुलको ग्यावीन जाली भ...

  • उम्मेदवारको मुख हेरेर होइन, रूख हेरेर भोट हाल्नुस् : महमन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापती गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको...

  • कांग्रेस, माओवादीका उम्मेदवारलाई जिताउनुपर्छ, वडामा पनि सहमति जुटाउँछौँ : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको हो । अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका म्...

  • यस वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड–१९ को असर पनि कम भएका आधारमा...

  • अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाउनुभएको हो । नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्ष...