काभ्रे । स्क्रब टाइफसका कारण काभ्रेमा पछिल्लो दुई सातामा ३ बालबालिका र एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिश जोशीका अनुसार केही दिनयता अस्पतालको बालरोग विभागमा मात्रै दिनहुँ ३–५ जनासम्म स्क्रब टाइफसका बिरामी आउने गरेका छन् । ‘१०–१२ दिनदेखि ज्वरो आएको भन्दै अस्पताल आएका १०–१२ ...
स्वास्थ्य
-
-
अछाममा ११ गर्भवतीको निःशुल्क हवाई उद्धार
अछाम । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमबाट उनीहरूको उद्धार गरिएको हो ...
-
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन
काठमाडौँ । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परि...
-
थपिए १३८८ कोरोना संक्रमित, २२६० संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५९ पीसीआर परीक्षण गर्दा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षण गर्दा १ सय ७४ गरी १ हजार ३ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पि...
-
गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा एक व्यक्तिको ...
-
भोजपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्माहत्या
भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प...
-
बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जन घरमा क्षति
बुटवल । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ । वडा नं. ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ । पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय...
-
अविरल वर्षाका कारण घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु
पाल्पा । अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फक...
-
पोखराको फिर्के पुलबाट जिप खोलामा खस्यो
पोखरा । पोखराको फिर्के खोलमा स्कार्पियो जिप खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो । बागलुङ बसपार्कबाट पर्स्याङ जिरो किलोमिटरतर्फ जाँदै गरेको जीप मध्यरातमा पुलको मुखमा रहेको स्ट्याण्ड बोर्डलाई ढ...
-
थपिए २०६५ कोरोना संक्रमित, २३३७ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ५२ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ जना र ४ हजार ३ सय ६५ एन्टिजेन परीक्षण गर्दा ४ सय ८८ गरी २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर ...




















