काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ९२ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय २ जना र ४ हजार ३ सय ४१ एन्टिजेन परीक्षण गर्दा ३ सय ९३ गरी २ हजार २ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपाल...
स्वास्थ्य
-
-
रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ जनाको मृत्यु
बेइजिङ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् । आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका...
-
बुटवलमा पहिरोले ७ घर पुरिए
बुटवल । अविरल वर्षासँगै बुटवलमा सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार पहिरोले अम्मर विक, सीता...
-
सातै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेका छौं : मन्त्री श्रेष्ठ
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालि...
-
करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु
सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदा रहेको प्रहरीले जनाएको छ । पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएकी उनको उपचारका क्रममा ...
-
धादिङमा ट्रक दुर्घटना हुँदा ३५ जना घाइते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा आईचर ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन्। धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीबाट जिल्ला सदरमुकाम धादिङबेशी आउँदै गरको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक सोमबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएक...
-
धादिङमा करेन्ट लागेर दुईजनाको मृत्यु
धादिङ । धादिङको गजुरी गाउँपालिका ५ गलौधीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पश्चिम अञ्चल सोलुसन्स प्रालीमा कार्यरत स्याङ्जा पुतली बजार घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बरालको करेन्ट लागेर मृत्यु भएको हो। भने पोखराका भुबन बराल घाइते भएका हुन्। एनसेल मोबाइलको तार बिजुलीको पो...
-
टेकुको प्रहरी परिसर नजिकै आगलागी
काठमाडौँ । काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताउनुभयो । आगो एक निजी घरमा लागेको हो । आगो निभाउनका लागि एउटा दमकल पुगेको छ । एसपीका अनुसार आगो कसरी लाग्यो भन्ने विषय खुलेको छै...
-
बसभित्र सहचालकको हत्या गरेर भागेको आरोपमा एक पक्राउ
काठमाडौँ । काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् । २०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा.४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको थि...
-
दार्चुलामा बाढी पहिरोका कारण ३ जनाको मृत्यु, २ बेपत्ता
दार्चुला । दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढी पहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा...






















